Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

फिल्म फेस्टिभलमा छानियो 'द चेन्ज'

फिल्म फेस्टिभलमा छानियो 'द चेन्ज'

  • आगामी जनवरी ६ देखि १० तारिखसम्म बंगलादेशको बोगुरा सहरमा आयोजना हुने छैटौँ ‘बोगुरा इन्टरनेशनल फिल्म फेस्टिभल २०२६’ (BIFFS)मा नेपाली लघु चलचित्र ‘द चेन्ज’ (परिवर्तन) चयन भएको छ । महोत्सवको अन्तर्राष्ट्रिय समूह तथा इन्टरनेशनल ओपन डोर सेगमेन्ट दुवैका लागि यो चलचित्र छानिएको आयोजकले जनाएको छ । डब्बु क्षेत्री निर्देशित यो लघु चलचित्र यसअघि ग्रामीण चलचित्र महोत्सवमा पनि प्रदर्शनका लागि चयन भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    सोही महोत्सवमा निर्देशक क्षेत्रीले उत्कृष्ट निर्देशक, अभिनेता प्रवण भुसालले उत्कृष्ट अभिनेता र सरिता भारतीले जुरी अवार्ड–अभिनेत्री प्राप्त गरिसकेका छन् । २१ मिनेटको लघु चलचित्र ‘द चेन्ज’ नेपाली समाजभित्र महिनावारीसँग सम्बन्धित छुवाछुत प्रथामाथि केन्द्रित छ । यो लघु चलचित्र विलक्षण क्रियसन प्रा.लि.ले निर्माण गरेको हो । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट