Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अस्वस्थ, उपचारका लागि दिल्ली प्रस्थान

सुदूरपश्चिमका मुख्यमन्त्री शाह अस्वस्थ, उपचारका लागि दिल्ली प्रस्थान

  • काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको स्वास्थ्यमा समस्या देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अस्वस्थ भएका मुख्यमन्त्री शाह सेती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनी धनगढीबाट स्थलमार्ग हुँदै दिल्ली प्रस्थान गरेका हुन् ।

    AGNI GROUP

    मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मरबहादुर बमले मुख्यमन्त्री शाहको दायाँ खुट्टामा रिढको हड्डी र नसासम्बन्धी समस्या देखिएको छ । ‘हिँडडुल गर्नै समस्या भएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गरिएको थियो,’ बमले भने, ‘स्वास्थ्य अवस्थामा सुधार नआएपछि काठमाडौंमा पनि उपचार गरिएको थियो । थप उपचारका लागि आज मात्रै दिल्ली प्रस्थान गर्नुभएको छ । त्यहाँको म्याक्स अस्पतालमा उपचार हुनेछ ।’

    मुख्यमन्त्री शाह आर्थिक मामिलामन्त्री बहादुरसिंह थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएर दिल्ली प्रस्थान गरेका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij