Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

थाइल्याण्डको संसद भंग

थाइल्याण्डको संसद भंग

  • काठमाडौँ । थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद भंग गरेका छन् । ४५ देखि ६० दिन भित्र देशमा आम चुनाव गराउने घोषणा गर्दै प्रधानमन्त्री चार्नविराकुलले संसद भंगगरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार जारी गरिएको एक आदेशमा, प्रधानमन्त्री चार्नविराकुलले उनको अल्पसंख्यक सरकारले तीन महिना अघि सत्तामा आएदेखि सीमामा भएका घातक झडपहरू सहित धेरै चुनौतीहरूको सामना गरेको उल्लेख गरेका छन् । उनले भने– ’उपयुक्त समाधान भनेको संसद भंग गर्नु हो, जुन जनतालाई राजनीतिक शक्ति फिर्ता गर्ने तरिका हुनेछ ।

    AGNI GROUP

    व्यापारीबाट राजनीतिज्ञ बनेका अनुतिन अगस्ट २०२३ पछि थाइल्याण्डका तेस्रो प्रधानमन्त्री भएका छन् । सेप्टेम्बरमा सत्तामा आएपछि, उनले जनवरीको अन्त्यसम्ममा संसद भंग गर्ने वाचा गरेका थिए । हाल छिमेकी देश कम्बोडियासँग तनाव भइरहेको बेला थाइल्याण्डम संसद भंग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij