Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

२३ मंसिरको प्रदर्शनमा सहभागी हुन राप्रपाको आह्वान

२३ मंसिरको प्रदर्शनमा सहभागी हुन राप्रपाको आह्वान

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले २३ मंसिरको वृहत प्रदर्शनमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले यस्तो आग्रह गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    उनले भने, ‘२३ मंसिरमा सबैलाई भनेका छौँ, आयोजक राप्रपा हो । तर राप्रपाका मान्छे मात्रै हुँदैनौँ, राष्ट्रिय झण्डामा एकजुट भएर उपस्थित हुनुहोला ।’

    AGNI GROUP

    जेनजी युवाहरूले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उनको भनाइ छ । उनले भने, ‘जेनजी युवाहरूले सडकमा युद्ध जिते, सम्झौतामा युद्ध हारे ।

    नेता शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताए ।

    उनले जापान, बेलायत, नेदरल्यान्ड, अष्ट्रेलिया र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताए ।

    नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किरातसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरूले आन्दोलन गर्न लागेको उनले बताए ।

    राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने माग राप्रपाको रहेको उनले बताए ।

    उनले देशको संविधान, कानुन र ऐनमा कतै न कतै खराब रहेको बताए । राजा, जेनजी र राजनीतिक दलहरूले त्रिपक्षीय सम्झौता गर्न आह्वान गरे । माग पूरा नभए सडक आन्दोलन सुरु हुने उनको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij