Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् ।
निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका दलको संख्या १४३ छ । यसमध्ये ११७ वटा दलले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छन् । ती निवेदन उपर आयोग अध्ययनमै छ ।
बाँकी २६ दलले भने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छैनन् । दल दर्ताको निवेदन नदिने दलहरूमा माओवादी नाम राखेका दुई पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् ।
माओवादी कम्युनिस्ट पार्टी नेपाल, माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), नेपाल कम्युनिस्ट पार्टी परिवर्तन र नेपाल कम्युनिस्ट पार्टी (गौरवशाली) ले निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिएका छैनन् ।
चुरेभावर लोकतान्त्रिक पार्टी, आम आदमी पार्टी नेपाल, राष्ट्रिय समाजवादी पार्टी नेपाल, जनताको जनवादी पार्टी नेपाल, नेश्नलिस्ट पिपल्स पार्टी, नेपाल विवेकशील पार्टी र पुनर्जागरण पार्टी नेपालले पनि चुनाव लड्दै छैनन् ।
निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नदिने दलहरूमा राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, नेपाली ग्रिन्स पार्टी, मधेश तराई फोरम, आधुनिक नेपाल समाजवादी पार्टी, जनसेवा लोकतान्त्रिक पार्टी, नेपाल राष्ट्रवादी पार्टी, मधेशी जनअधिकार फोरम मधेश, शिव सेना नेपाल, नेपाल समाजवादी कांग्रेस, बहुजन समाज पार्टी नेपाल, जनराष्ट्रवादी पार्टी नेपाल, नेपा: राष्ट्रिय पार्टी, राष्ट्रिय एकता मञ्च, नेपालवाद पनि रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij