
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सभामुख सापकोटाले संवैधानिक आयोगको नियुक्तिबारे सर्वोच्चमा दर्ता गराएको रिटको सुनुवाइ आज हुँदैछ ।
उक्त रिटको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुने भएको छ । त्यस्तै सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्ने बताइएको छ । शुक्रवार सभामुख सापकोटाले सरकारले संवैधानिक आयोगमा नियुक्ति अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij