Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

आईपीएल २०२६ मिनी अक्सनः १३५५ खेलाडी दर्ता, २ करोड आधार मूल्यमा ४५ नाम

आईपीएल २०२६ मिनी अक्सनः १३५५ खेलाडी दर्ता, २ करोड आधार मूल्यमा ४५ नाम

  • काठमाडौं । आगामि सिजनको आईपीएलका लागि १३५५ खेलाडीहरूले दर्ता गराएका छन् । २ करोडको आधार मूल्य क्याटेगरीमा अष्ट्रेलियाका क्यामरुन ग्रीन, इंग्ल्यान्डका लियम लिभिङ्गस्टन, भारतका रवी बिश्नोई र वेंकटेश अय्यर, श्रीलङ्काका मथीश पथिराना र वानिन्दु हसरङ्गा सहित कुल ४५ खेलाडी परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    दर्ताको अन्तिम मिति नोभेम्बर ३० थियो। मिनी अक्सन डिसेम्बर १६ मा अबु धाबीमा हुनेछ । दर्ता पूरा भएपछि आईपीएलले यो लामो सूची सबै फ्रेन्चाइजीलाइ पठाएको छ । हरेक टोलीमा अधिकतम २५ खेलाडी राख्न सकिन्छ । यसपालिको अक्सनमा जम्मा ७७ स्लटहरू भरिनेछन्, जसमा ३१ विदेशी स्लट पनि समावेश छन् ।

    AGNI GROUP

    ग्रीनमा हुनेछ सबैको नजर

    अक्सनमा सबैभन्दा ठूलो ध्यान अष्ट्रेलियाका अलराउन्डर क्यामरुन ग्रीनमाथि रहनेछ। गत वर्ष चोटका कारण उनी मेगा अक्सनमा सहभागी भएका थिएनन् ।

    यसपटक केकेआर र सिएसके दुवैले उनीमाथि बोली लगाउने सम्भावना छ । यी दुवै टोलीसँग सबैभन्दा धेरै पर्स छ र एक–एक विदेशी स्लट पनि खाली छ ।

    केकेआरलाई ग्रीनका लागि बलियो दावेदार मानिएको छ, किनकि वेस्टइन्डिजका आन्द्रे रसेलले आईपीएलबाट सन्न्यास लिएपछि टोलीलाई यस्तो अलराउन्डर आवश्यक छ जसले कुनै पनि परिस्थितिमा ब्याटिङ र बलिङ दुवै दिन सकोस् ।

    केकेआरले ९ खेलाडी रिलिज गर्‍यो

    केकेआरले वेंकटेश अय्यरसहित ९ खेलाडीलाई रिलिज गरेको छ । वेंकटेशलाई गत वर्ष २३.५ करोडमा खरिद गरिएको थियो । अब टोलीसँग १२ स्लट खाली छन्, जसमा ६ विदेशी स्लट पनि छन् । सिएसकेसँग दोस्रो सबैभन्दा ठूलो पर्स छ र उसले ९ स्लट भर्नुपर्नेछ, जसमा ४ विदेशी खेलाडी पर्नछन् ।

    २ करोड क्याटेगरीमा धेरै रिलिज खेलाडी पनि

    धेरै खेलाडी जसलाई हालसालै टोलीहरूले रिलिज गरेका थिए, उनीहरूले पनि आफूलाई २ करोडको आधार मूल्यमा राखेका छन् ।

    यसमा चेन्नईका पथिराना पनि परेका छन्, जसलाई चेन्नईले गत वर्ष १३ करोडमा रिटेन गरेको थियो, तर चोटका कारण उनले प्रभावशाली प्रदर्शन गर्न सकेनन् ।

    त्यसैगरी इंग्ल्यान्डका लियम लिभिङ्गस्टनलाई आरसीबीले गत मेगा अक्सनमा ८.७५ करोडमा लिएको थियो, तर एक सिजनपछि नै रिलिज गरियो ।

    भारतीय खेलाडीहरूमध्ये वेंकटेश अय्यर र रवी बिश्नोई पनि २ करोड क्याटेगरीमा छन् । लखनउले बिश्नोईलाई गत वर्ष ११ करोडमा रिटेन गरेको थियो, तर लगातार कमजोर प्रदर्शनका कारण यसपालि रिलिज गरियो ।

    ग्लेन म्याक्सवेल समावेश छैनन्

    २ करोडको सूचीमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेलको नाम छैन । उनलाई गत वर्ष पंजाब किंग्सले ४.२ करोडमा किनेको थियो, तर ३७ वर्षीय म्याक्सवेल यस सिजनअघि नै औंलाको चोटका कारण बाहिरिएका थिए । उनको ठाउँमा पञ्जावले माइकल ओवेनलाई टोलीमा राखेको छ, जसलाई यस वर्ष रिटेन गरिएको छ ।

    मोइन अलीले पिएसएल खेल्ने

    इंग्ल्यान्डका मोइन अलिले फाफ डु प्लेसिसझैँ आईपीएल २०२६ मा खेल्नुभन्दापनि पिएसएल खेल्ने निर्णय गरेका छन् । मोइन २०१८ देखि आईपीएल खेल्दै आएका थिए र चेन्नईसँग २ उपाधि जितेका थिए ।

    पञ्जावका विकेटकिपर जोश इङ्ग्लिस पनि अक्सन सूचीमा छन् । उनले टोलीलाई फाइनलसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए, तर व्यक्तिगत कारणले उनी २०२६ को पूरै सिजन उपलब्ध हुने छैनन् । आईपीएलले फ्रेन्चाइजीलाइ जानकारी दिएको छ कि इङ्ग्लिसको उपलब्धता केवल २५ प्रतिशत मात्र रहनेछ।

    अब फ्रेन्चाइजिहरूले बनाउनेछन् छोटो सूची

    आईपीएलले सबै फ्रेन्चाइजीलाइ ५ डिसेम्बरसम्म आफ्नो मनपर्ने खेलाडीहरूको शर्टलिस्ट पठाउन भनेको छ । त्यसपछि लामो सूचीलाई छोट्याएर अन्तिम अक्सन सूची जारी गरिनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij