Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौँ । नेपालमा डिजिटल प्रविधिको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘डिजिटल टुरिजम प्रमोसन एण्ड एआई ट्रेनिङ फर ट्रेकिङ एजेन्सी अपरेटर’ शीर्षकको चारदिने तालिम सुरु भएको छ ।
ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को सस्टेनेबल टुरिजम प्रोजेक्टको सहकार्यमा सञ्चालित यो तालिम काठमाडौँको एक होटलमा सुरु भएको हो ।
तालिममा सहभागी ३० जना ट्रेकिङ व्यवसायी तथा अफिस प्रोटोकल हेर्ने कर्मचारीहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत अनलाइन पर्यटन प्रवर्द्धन, डिजिटल मार्केटिङ, सामग्री सिर्जना, अनलाइन क्याम्पेन सञ्चालन, डिजिटल ब्रान्डिङ, यात्रा सूचनाको व्यवस्थापन र ग्राहक सेवा स्वचालनजस्ता विषयमा व्यावहारिक अभ्यास गराइने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए ।
विश्व पर्यटन बजारमा कडा प्रतिस्पर्धा भइरहेको अवस्थामा एआईको प्रयोगले नेपालको ट्रेकिङ तथा पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रशिक्षक सुमन बरालले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij