Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरू

एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरू

  • काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिब हाउस लिमिटेड सँगको सहकार्यमा देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउन कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुरु गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    यो नयाँ सेवाले भौतिक र अनलाइन ई–कमर्स दुवै प्रकारका व्यवसायीहरूलाई ठूलो सहयोग पुर्याउनेछ । सो गेटवेमार्फत व्यवसायीहरूले स्वदेशी वा विदेशी जुनसुकै बैंकले जारी गरेका ख्ष्कब र :बकतभचअबचम मार्फतग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन ।

    AGNI GROUP

    यस सुविधाले नेपालभित्र र विदेशबाट पनि भुक्तानी स्वीकार गर्नसकिने भएकाले व्यवसायीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत पुग्नेछ ।पेमेन्ट गेटवेमा घ म् क्भअगचभ प्रविधि समावेश गरिएको छ, जसले कारोबारको प्रमाणीकरण का लागि इत्ए वा पासवर्ड आवश्यक पर्दछ जसले कारोबारलाई अतिरिक्त सुरक्षित बनाउँदछ ।

    यसरीकार्डबाट हुने कारोबारहरू धेरै सुरक्षित हुनेर अनाधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कमगर्दछ । सुरक्षाको यो प्रतिबद्धताले उपभोक्ता र व्यवसायी दुवैलाई ठूलो विश्वासका साथ अनलाइन व्यापारगर्न सुनिश्चित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले यो सहकार्य ई–कमर्सलाई बढावा दिन र नेपालमा वित्तीय कारोबारको डिजिटलाइजेसनलाई अगाडिबढाउन महत्वपूर्ण हुने विश्वास लिएको छ । सबैका लागि कार्ड भुक्तानीलाई अझ सजिलो र सुरक्षितबनाएर, यो साझेदारीले देशलाई डिजिटल अर्थतन्त्रको दिशामा एक कदम अगाडि बढाउने लक्ष्य लिएकोछ ।

    आफ्ना ग्राहकहरूलाई यो सुरक्षित भुक्तानी विकल्प उपलब्ध गराउन चाहने अनलाइन व्यवसायीहरूलेआफ्नो पोर्टलमा गेटवे जोड्नका लागि एनएमबि बैंकमा सम्पर्क गर्न सक्नेछन् । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फतउच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट