Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

ओलीले नेपाली कम्युनिष्ठमाथि अपराध गरे- भीम रावल

ओलीले नेपाली कम्युनिष्ठमाथि अपराध गरे- भीम रावल

  • काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले केपी शर्मा ओलीप्रति इंगित गर्दै नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका छन ।

    onlinepatrika
    Arghakhachi

    नेपाली कम्युनिष्ट पार्टीको पोखरामा एकता सन्देश सभालाई सम्बोधन गर्दै ओलीले नेपाली कम्युनिष्टहरुमाथि अपराध गरेको आरोप लगाएका हुन् ।

    AGNI GROUP

    नेता रावलले ओलीले एमालेलाई खरानी बनाएको बताउदै विपरित सिद्धान्त भएको कांग्रेससँग मिलेर बाँडेर खाने सहकार्य गरेपछि उनको पतन भएको दाबी गरेका हुन् ।  उनले भने- 'त्यो पार्टी त खरानी भयो भयो,हाम्रो व्यवस्थापिका, न्यायपालिका जतिबेला आगोमा जलिरहेका थिए, त्यति बेला देशको प्रधानमन्त्रीले न राष्ट्रिय सुरक्षा समितिको बैठक बोलायो, न केन्द्रिय सुरक्षा कमीटीको बैठक बोलायो, बालुवाटारमा पद छोड्दिन भन्यो...जब त्यहाँ आगो लाग्न शुरु भयो तब हेलिकप्टर चढेर भाग्नु पर्यो ।'

    नेता रावलले एमालेका नेताहरुलाई के को खरानी घस्न प्रतिनिधि बन्न बाँकी छ भन्दै नेपाली कम्युनिष्ट पार्टीमा आउन आव्हान गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij