Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि

चुनाव लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि

यसपटक चुनाव लड्ने भनेर दर्ता गराएका दलहरुको संख्या १०८ पुगिसकेको छ ।

  • काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप गरेको थियो ।

    AGNI GROUP

    गत शुक्रबारसम्म १०८ राजनीतिक दल निर्वाचन प्रयोजनका लागि दर्ता भएका थिए । आजसम्म दर्ता हुने राजनीतिक दलले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिन पाउनेछन् ।

    गत ४ मंसिर २०७९ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भन्दा यसपटक निर्वाचन लड्ने दलको संख्यामा उल्लेख्य वृद्धि भएको छ । त्यसबेला ८४ दलले चुनाव लडेका थिए यसपटक चुनाव लड्ने भनेर दर्ता गराएका दलहरुको संख्या १०८ पुगिसकेको छ । यसमा अझ केही दल थपिन सक्ने अनुमान छ । किनभने, आजसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय नै छ ।

    जेनजी आन्दोलनपछि गठन भएका मात्रै बिभिन्न २३ वटा राजनीतिक दलले निर्वाचन आयोगबाट आधिकारिकता पाएका छन् । अझै विभिन्न १६ वटा दल दर्ता प्रक्रियामा छन् ।

    निर्वाचन आयोगका अनुसार पछिल्लो पटक माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल र प्रकाश खड्काको नेपाल जनसेवा पार्टी दर्ता भए । सबिन सिग्देलको प्रगतिशील नागरिक पार्टी, दिपककुमार साहको सर्वाेदय पार्टी, सर्वेन्द्र खनालको समुन्नत नेपाल पार्टी दर्ता भएका छन् ।

    रमनकुमार श्रेष्णको जनादेश पार्टी नेपाल, गणेशकुमार मण्डलको सार्वभौम नागरिक पार्टी, श्रृया केसीको नागरिक सेवा पार्टी, अनुपकुमार उपाध्यायको उज्यालो नेपाल पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी र प्रशान्त सिंहको पिपुल फर्स्ट दर्ता भएको छ ।

    यसअघि हर्कराज राई (साम्पाङ)को श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएको छ ।

    प्रचण्ड र माधव नेपालको नेपाली कम्युनिस्ट पार्टी, राजेश प्रतेलको राष्ट्रिय परिवर्तन पार्टी, रियाज अहमद शेषको राष्ट्रिय जनमत पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल दर्ता भएको छ ।

    अकबर खानको राष्ट्र निर्माण दल नेपाल, सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वाेच्चता पार्टी नेपाल दर्ता भएका छन् ।

    दल दर्ता प्रक्रियामा रहेका दलहरूमा गोपीलाल न्यौपानेको नेपाल लिभरल पार्टी, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, राजकुमार कक्षपतिको नेकपा (वामपन्थी केन्द्र) रहेको छ ।

    सुन्दरराम बोहराको आवाज पार्टी, प्रशान्त आचार्यको नेपाली प्रथम पार्टी, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल, सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभिमान पार्टी नेपाल पनि दर्ता प्रक्रियामा छ ।

    नुमा लिम्बूको समावेशी समाजवादी पार्टी, टीकाराम पुरीको राष्ट्रिय गौरव पार्टी, जीवन लिम्बूको एकता नेपाल, किशोरी कार्कीको नवनिर्माण, लक्ष्मीप्रसाद खतिवडाको राष्ट्रिय सनातन पार्टी नेपाल, शरदसिंह यादवको जनअधिकार पार्टी, काजल अधिकारीको न्यू न्यास्नलिस्ट पार्टी र शम्भु पोखरेलको उदार लोकतान्त्रिक पार्टी पनि दर्ता प्रक्रियामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij