Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

रोनाल्डोको गोलमा युभेन्टस विजयी

रोनाल्डोको गोलमा युभेन्टस विजयी

  • काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्टसले सहज हात पारेको छ । शनिवार राति भएको खेलमा युभेन्टसले रोमालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    घरेलु मैदानमा युभेन्टसलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र रोजर इबानेजले एक एक गोल गरे । खेलको १३ औं मिनेटमा रोनाल्डोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा रोजरले गोल गर्दा युभेन्टस २-० ले विजयी भयो । जितसँगै युभेन्टस लिगको तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले २० खेलमा ४२ अंक जोडेको छ । युभेन्टस शीर्ष स्थानको इन्टर मिलान भन्दा ५ अंकले पछाडी रहेको छ । रोमा ४० अंक जोडेर चौंथो स्थानमा रहेको छ । एजेन्सी

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij