Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

प्रदेश १ को प्रदेशसभा बैठक आज, के होला मुख्यमन्त्रीको पद ?

प्रदेश १ को प्रदेशसभा बैठक आज, के होला मुख्यमन्त्रीको पद ?

  • विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक आज आइतवार बस्दै छ। गत माघ ७ गतेबाट शुरु भएको प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक १९ दिन पछि आज बस्न लागेको हो । नेकपा विभाजनपछिको विवादका कारण माघ ७ गते करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    images
    images
    images

    आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेवल हुने निश्चित प्राय :छ । अविश्वासको प्रस्तावबाहेक अन्य विजेनस नभएकाले बैठक स्थगित नभए प्रस्ताव टेवल हुने बताइएको छ । दाहाल-नेपाल समूह जसरी पनि अविश्वासको प्रस्ताव टेबल गर्नुपर्ने अडानमा छ भने ओली समूह कुनै पनि अवस्थामा टेबल हुन नदिने रणनीतिमा छ । त्यसका लागि निलम्बित १६ प्रदेशसभा सदस्यलाई बैठकमा प्रवेश गर्न नदिने अडानमा ओली समूह छ । उनीहरु बैठकमा प्रवेश गरे बैठक सञ्चालन गर्न नदिने ओली समूहको तयारी रहेको स्रोतले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij