Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौं । बंगलादेश प्रिमियर लिग (बीपीएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा सन्दीप लामिछानेसहित नेपालका पाँच खेलाडी सूचीकृत भएका छन् ।
सन्दीप लामिछाने क्याटेगोरी बीमा बीपीएलको ड्राफ्टमा सूचीकृत भएका छन् । यस्तै दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डी, आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ई मा सूचीकृत भएका छन् ।
यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बीपीएलमा खेल्ने मौका पाउनेछन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij