Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

निर्वाचन आयोगले थप्यो दल दर्ताको समय

  • काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि थप गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    बुधबार आयोगले मंसिर १० गतेसम्मका लागि तोकिएको दल दर्ताको समय १४ गतेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

    AGNI GROUP

    आयोगले भनेको छ:

    निर्वाचन आयोगमा हालसम्म दर्ता कायम रहेका दलहरूको जम्मा संख्या १३७ पुगेको छ भने नयाँ दल दर्ताका लागि प्राप्त निवेदनहरू माथिको कारबाहीसमेत जारी रहेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर गर्दै आयोगको मिति २०८२ मंसिर १० गतेको बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने अवधि २०८२ मंसिर १४ गतेसम्म थप गरिएको छ ।

    मंसिर १० गतेसम्मका लागि दल दर्ताको समय तोकिएकोमा अहिलेसम्म १०६ दलले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिन निवेदन दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij