Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेपालले आज इन्डोनेसियाको सामना गर्ने

नेपालले आज इन्डोनेसियाको सामना गर्ने

  • काठमाडौं । आज नेपाली महिला राष्ट्रिय फुटबल टिमले इन्डोनेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ ।  खेल बुधवार इन्डोनेसियाको मागुवोहर्जो रंगशालामा नेपाली समय अनुसार साँझ सवा छ बजे सुरु हुनेछ । नेपाली महिला टिम थ्री नेसन्स कपका लागि इन्डोनेसिया पुगेको हो ।

    onlinepatrika
    Arghakhachi

    फिफा वरीयतामा  इन्डोनेसिया नेपालभन्दा पछाडि रहेको छ । यो नेपाल र इन्डोनेसियाबीचको तेस्रो भेट हुनेछ ।  यसअघिका दुई खेलमा एकपल्ट इन्डोनेसिया विजयी र छ भने एकपल्ट नेपाल विजयी भएको छ ।

    AGNI GROUP

    सन् १९८९ मा एएफसी वुमेन्स च्याम्पियनसिपमा इन्डोनेसियाले नेपाललाई ८–० ले पराजित गरेको थियो ।

     दोस्रो खेल भने सन् २०१९ मा भएको थियो । एएफसी वुमेन्स ओलम्पिक छनोटको  खेलमा नेपालले इन्डोनेसियालाई २–१ ले हराएको थियो । जसमा दुवै गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।
     
    यसपल्ट भने चोटग्रस्त सावित्रा टिममा हुनेछैनन् र उनको स्थानमा एन्जिला सुब्बाले टिमको नेतृत्व गरिरहेकी छन् । प्रतियोगिताको अर्को टिम चिनियाँ ताइपेइ रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij