Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

भारतीय पूर्वकप्तान रोहित शर्मा टी-२० विश्वकपको एम्बासडर चयन

भारतीय पूर्वकप्तान रोहित शर्मा टी-२० विश्वकपको एम्बासडर चयन

  • काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान रोहित शर्मालाई आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को एम्बासडरको रूपमा घोषणा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने टी-२० विश्वकपका लागि आइसीसीले रोहितलाई प्रतियोगिताको एम्बासडर बनाएको हो ।

    AGNI GROUP

    आइसीसीले मंगलबार प्रतियोगिताको खेल तालिका सार्बजनिक समेत गरिसकेको छ ।

    रोहितले आफुलाई प्रतियोगिताको एम्बासडर बनाइएपछि भारतमा प्रतियोगिता फिर्ता हुनु ठूलो कुरा भएको भन्दै यस पटक नयाँ भूमिकामा यससँग सम्बन्धित हुनु विशेष भएको बताएका छन् । उनले भने- 'म सबै खेलाडीहरूलाई शुभकामना दिन्छु । मलाई आशा छ कि उनीहरूले राम्रो समय बिताउनेछन्, भारतको आतिथ्यको आनन्द लिनेछन्, र धेरै सम्झनाहरू घरमा लैजानेछन् ।'

    रोहितको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप जितेको थियो । विश्वकप जितेपछि रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij