Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६१ दल दर्ता

प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६१ दल दर्ता

  • काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए ।

    AGNI GROUP

    हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १३२ छ । निर्वाचनमा अधिकतम दलको सहभागिता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको भट्टराईले बताए ।

    प्रतिनिधिसभा चुनावका लागि दल दर्ताको म्याद १० गतेसम्म छ । प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएको जानकारी गराए । प्राप्त भएका निवेदनउपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूको मतदाता नामावली प्रकाशित गरिने छ ।

    प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गते सच्चाउन सकिने भन्दै उनले पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij