Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेत्रहीन महिला टी ट्वान्टी विश्वकप उपविजेता टोली स्वदेश फिर्ता

नेत्रहीन महिला टी ट्वान्टी विश्वकप उपविजेता टोली स्वदेश फिर्ता

  • काठमाडौँ ।  श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजना भएको नेत्रहीन महिला टी ट्वान्टी विश्वकपको पहिलो संस्करणमा उपविजेता बनेको नेपाली महिला टोली स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुले त्रिभूवन अन्त्र्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । श्रीलंकाको राजधानी कोलम्बोमा आईतवार सम्पन्न फाइनलमा भारतसँग सात विकेटले पराजित भएको थियो ।

    onlinepatrika
    Arghakhachi

    नेपाली महिला टोलीको पहिलो उपाधि लक्ष्य अधुरै रह्यो । पी सारा ओभलमा नेपालले एक सय १५ रनको सामान्य लक्ष्य दिएको थियो । त्यो लक्ष्य भारतले मात्र तीन विकेटको क्षतिमा १२ औं ओभरमै पूरा गर्दै पहिलो संस्करणको विश्वकप उपाधि उचालेको हो । पहिलो संस्करणको विजेता भारतले १५ लाख र नेपालले ९ लाख श्रीलंकाली रुपैयाँ पाए । श्रीलंकाका प्रधानमन्त्री डा. हरिनी अमरासुरियाले विजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए ।

    AGNI GROUP

    यस विश्वकपमा नेपालका दुई खेलाडी फरकफरक क्याटगोरीमा प्लेअर अफ द सिरिज भए । ‘बी वान’ क्याटगोरीबाट सुष्मा तामाङ र ‘बी टु’ बाट सिरिज मनकेशरी चौधरी प्लेअर अफ दी म्याच भए । उनीहरूले दुवैले ३७ हजार पाँच रुपैयाँ पुरस्कार पाए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij