Jun 09 2026 | २०८३, जेठ २६ गते
काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला कार्यसमितिका सभापति प्रदीप विष्टले आफ्नो पदबाट राजीनामा दिएका छन् । तर उनले पार्टी सदस्यता भने यथावत् रहने बताएका छन् ।
विष्टले कार्यव्यस्तताका कारण जिल्ला सभापतिको जिम्मेवारी निर्वाह गर्न नसकेकाले राजीनामा दिएको बताएका छन् । उनले भने, “पार्टी छोडेको होइन, काम गर्ने फुर्सद नभएर जिल्ला सभापतिबाट मात्र राजीनामा दिएको हुँ ।”
राजीनामाअघि आइतबार उनले जिल्ला कार्यसमिति बैठक बोलाएका थिए । बैठकका सहभागीहरूले उनलाई राजीनामा नदिन दबाब दिए पनि उनले थप सोचविचारपछि राजीनामा दिनु नै उपयुक्त ठानेको बताए ।
पार्टीको प्रचलनअनुसार उनले आफ्नो राजीनामा बागमती प्रदेश समितिमा बुझाएका छन् । विष्ट २०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपाको तर्फबाट काठमाडौं–१० बाट उम्मेदवार बनेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij