Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

नेत्रहीन महिला टी–२० विश्वकप टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

नेत्रहीन महिला टी–२० विश्वकप टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

  • काठमाडौं । पहिलो नेत्रहीन (ब्लाइन्ड) महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा नेपालले भारत विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    पी सारा ओभल मैदान, कोलम्बोमा केही समय पछि सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्न लागेको छ । यसअघि समूहचरणमा नेपाल र भारत भिड्ना नेपाल पराजित भएको थियो ।

    AGNI GROUP

    फाइनलमा बदला लिंदै नेपाल पहिलो पटक च्याम्पियन बन्ने दाउमा रहेको छ । यसअघि नेपालले शनिबार कोलम्बोको पी सारा ओभलमा भएको दोस्रो सेमिफाइनलमा पाकिस्तालाई ७ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

    पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। नेपालले जारी प्रतियोगितामा समूह चरणमा श्रीलंकालाई ९ विकेटले हराएको थियो भने भारतसँग ८५ रनले पराजित भएको थियो ।

    त्यस्तै, अस्ट्रेलियालाई १० विकेटले हराउँदा अमेरिकालाई ८ तथा पाकिस्तानलाई १० विकेटले नै हराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij