Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

  • काठमाडौं । सरकारले लुम्बिनी विकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले परिषद सदस्यमा श्रेष्लाई नियुक्त गरेको जानकारी दिएका हुन् ।

    AGNI GROUP

    यसैगरी बैठकले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल– बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको मन्त्री खरेलले जानकारी दिए ।

    बैठकले मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन आदिवासी जनजाती आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ । नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदा सम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरियसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताए ।

    बैठकले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एकजना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय  गरेको छ । 

    त्यस्तै बैठकले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय समेत गरेको मन्त्री खरेलले जानकारी दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij