
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रधानमन्त्री केपि ओलीले इतिहासमा ठुलो आन्दोलन भएको दावि गरेका छन् । शुक्रबार राजधानीमा आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आजको आन्दोलन इतिहासमा ठुलो आन्दोलन भएको दावि गरेका हुन् ।
ओलीले आफुलाई जनसभा गर्ने ठाँउ सानो भएको बताउदै देशको रक्षा गर्ने पार्टी आफ्नो रहेको समेत ठोकुवा गरेका हुन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको समूह सक्कली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको दाबी गर्नुभएको छ । दरबारमार्गमा भएको सभामा प्रधानमन्त्री ओलीले काठमाण्डौको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै यसबाट पार्टीको आधिकारिकताको फैसला भएको दाबी गर्नुभयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij