Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले अब तेस्रो जनआन्दोलन सुरु 

सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले अब तेस्रो जनआन्दोलन सुरु 

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको ओली समूहले शुक्रवार काठमाण्डौमा जनसभा गरेको छ । जनसभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेललगायतले सम्बोधन गर्नुहुनेछ । दुई तिहाईको बहुमत प्राप्त सरकारलाई विस्थापन गर्ने षड्यन्त्रकै कारण अहिलेको अवस्था आएको गृहमन्त्री थापाको दाबी छ । नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा जनसभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली निकालिएको थियो ।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएका छन् । प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरु गरिरहेको छ । बिहीवार ९हिजो० प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij