• २०७७, मंसिर ९गते
Logo

यता कोरोनाको कहर, उता कोरिया उड्ने रहर

अनलाइन पत्रिका

२८, कार्तिक २०७७
  • 64
    SHARES
  • यता कोरोनाको कहर, उता कोरिया उड्ने रहर

    जेठमा हुनुपर्ने रोजगार अनुमति प्रणालीअन्तर्गत कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण रोकियो । परीक्षा रोकिएपनि दक्षिण कोरिया सरकारले भने भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया ल्याउन तयार भएको जनाएको छ ।

    प्रमुख सुङका अनुसार कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरेपनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

    नेपालस्थित इपिएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा उक्त कुरा बताएका हुन् । प्रमुख सुङका अनुसार कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरेपनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिनेछ ।

    इपिएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो । कोरियामा ४० हजारभन्दा बढी नेपाली इपिएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् ।

    प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १४:१२:१६ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार