
Sep 07 2025 | २०८२, भदौ २२ गते
काठमाडौं । अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ । त्यहाँको अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाको मृत्यु भएको हो ।
साथीसँग जन्मदिन मनाएर घर फर्कँदै गर्दा उनीहरू चढेको कार मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा दुर्घटनामा परेको त्यहाँको प्रहरीले जनाएको छ ।
घाइते कंगारुलाई बचाउन हाइवेमा गाडी रोक्दा पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij