Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतमा फसेका ४५३ नेपालीको उद्धार गरी रुपन्देही प्रहरीलाई बुझाइयो

भारतमा फसेका ४५३ नेपालीको उद्धार गरी रुपन्देही प्रहरीलाई बुझाइयो

  • काठमाडौं । विभिन्न सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा भारत पुगेको र त्यहाँ अनुचित काममा लगाइएका ४५३ नेपालीको उद्धार गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दिल्लीस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिअनुसार गत शनिबार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीलाई हस्तान्तरण गरिएको छ ।

    AGNI GROUP

    भारत सरकारका सम्बन्धित निकाय तथा गैर सरकारी संस्थासँगको समन्वयमा उद्धार कार्य सम्पन्न भएको दूतावासले जनाएको छ । त्यस क्रममा उत्तर प्रदेशको कुशीनगर जिल्लाका विभिन्न स्थानमा गरिएको प्रहरी कारवाहीबाट सञ्जालीय ठगी (नेटवर्किङ फ्रड) मा फसेका ११५ महिला र ३३८ पुरुष गरी जम्मा ४५३ नेपाली नागरिकको उद्धार गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा हस्तान्तरण गरिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । रुपन्देही प्रहरीले उद्धार गरिएका व्यक्तिमध्ये ६ महिलासहित १९ शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

    दूतावासले उद्धार कार्यका लागि आवश्यक सहयोग र समन्वयका निम्ति उत्तर प्रदेश सरकार, उत्तर प्रदेश प्रहरी, नेपाल प्रहरी, किन इण्डिया तथा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा सहयोग पुऱ्याउने सम्पूर्ण निकायप्रति आभार व्यक्त गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट