Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

चार महिनामा उठ्यो ३ खर्ब साढे २९ अर्ब बढी राजस्व

चार महिनामा उठ्यो ३ खर्ब साढे २९ अर्ब बढी राजस्व

  • काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ । कात्तिक मसान्तसम्म चार महिनामा ४ खर्ब २५ अर्ब २३ करोडको लक्ष्य रहेकोमा ७७.४९ प्रतिशत सङ्कलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यस्तै, कात्तिक महिनाको लक्ष्य एक खर्ब ३ अर्ब रहेकोमा ७८ अर्ब ३३ करोड राजस्व सङ्कलन भएको छ, जुन ७५.४९ प्रतिशत हो । अघिल्लो आर्थिक वर्षमा कात्तिक महिनामा ७६ अर्ब राजस्व सङ्कलन भएको थियो ।

    AGNI GROUP

    आर्थिक वर्ष २०८२/८३ को कुल राजस्व सङ्कलन लक्ष्य भने १४ खर्ब ८० अर्ब रहेको छ भने चार महिनामा ३ खर्ब २९ अर्ब ५१ करोड सङ्कलन भएको छ ।

    यसअघि आर्थिक वर्ष २०८१/८२ को चार महिनामा ३ खर्ब २९ अर्ब २ करोड राजस्व सङ्कलन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij