
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार ललितपुरस्थित होटेल हेरिटेजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हिजो आमहड्तालका क्रममा आफूले एमसीसीविरोधी नारा नलगाउन भनेको बताए । एमसीसीबारे पार्टी अन्तिम निर्णयमा नपुगिसकेकाले आफूले त्यसो भनेको जिकिर उनले गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)बारे अन्तिम निर्णयमा पुगिनसकेको बताएका छन् ।
प्रचण्ड–नेपाल समूहले शुक्रबार गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए । सो क्रममा प्रचण्डले एमसीसीविरुद्धको नारा तत्कालै त्यो नारा रोक्न लगाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij