
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । जनकपुरधाममा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपका क्रममा घाइते भएका नेकपा प्रचण्ड माधव पक्षका स्थायी समति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झा लगायतका नेताहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।
नेता यादवसहित रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदिप साहको अवस्था गम्भिर देखिएकोले काठमाडौ पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए । दिउँसो प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परेर नेता झाको टाउकोमा गम्भिर चोट लागेको छ भने अन्य नेताहरु पनि घाइते भएका थिए । उनीहरुको अवस्था गम्भिर देखिएकोले उपचारका लागि काठमाडौं पठाइएको सचिव यादवले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij