Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । फिल्म ‘जेरी अन टप’ ले पहिलो सातामा ५ करोड ग्रस कमाई गरेको छ ।
फिल्मले पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार, दोस्रो दिन शनिबार ८६ लाख ३८ हजार र तेस्रो दिन आइतबार ६३ लाख ८४ हजार रुपैयाँ ग्रस कमाई गरेको थियो । फिल्मले पहिलो साता ५ करोड ग्रस कमाई गरेको अभिनेता अनमोल केसीले जानकारी दिएका छन् ।
सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय रहेको छ ।
हेमराज बिसीको कथा रहेको यस फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ भने सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ । अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij