Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ग्लोबल आइएमई बैंक

लगातार दोस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’

लगातार दोस्रो वर्ष ‘बेष्ट बैंक अवार्ड’

  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२५’ प्राप्त गरेको छ । संयुक्त राज्य अमेरिकामा आयोजित कार्यक्रममा ग्लोबल फाइनान्सका प्रतिनिधिले उक्त अवार्ड बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई प्रदान गरेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    बैंकले विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, ग्राहकमैत्री सेवा र रणनीतिक सम्बन्ध जस्ता मापदण्डमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै यो अवार्ड पाएको हो ।

    AGNI GROUP

    यससँगै ग्लोबल आइएमई बैंक लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्डबाट सम्मानित भएको हो । गत वर्ष पनि बैंकले २०२४ को बेष्ट बैंक अवार्ड जितेको थियो ।

    अध्यक्ष ढकालले यो सम्मानले बैंकलाई अझ उत्कृष्ट सेवा दिन प्रेरित गरेको बताए । उनले नेपाल सरकार, राष्ट्र बैंक, नियामक निकाय, शेयरधनी, कर्मचारी र ग्राहक सबैप्रति आभार व्यक्त गरे ।

    ग्लोबल फाइनान्सले यस वर्ष विश्वका विभिन्न देशका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको छ, जसमा हङकङको एचएसबीसी, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, मलेशियाको यूओबी मलेशिया, जापानको एसएमबीसी लगायत छन् ।

    ग्लोबल आइएमई बैंक यस अवार्ड पाउने पहिलो नेपाली बैंक बनेको छ । बैंकले यसअघि पनि ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’, ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’, ‘बेष्ट ईएसजी बैंक २०२४’ लगायतका अवार्ड प्राप्त गरिसकेको छ ।

    हाल बैंकले देशभर ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ सेवा र ३ विदेशी प्रतिनिधि कार्यालय मार्फत सेवा दिइरहेको छ । साथै, बैंकले अमेरिका, युके, अष्ट्रेलिया, मलेशिया, कतार, साउदी अरब लगायत देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट