Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

कोरोनाविरुद्ध ९४ प्रतिशत प्रभावकारी देखिएको खोप प्रयोगका लागि अनुमति लिदै : मोडेर्ना

कोरोनाविरुद्ध ९४ प्रतिशत प्रभावकारी देखिएको खोप प्रयोगका लागि अनुमति लिदै : मोडेर्ना

  • अमेरिकी खोप निर्माता कम्पनी मोडर्नाले आफूले विकास गरेको कोरोना भाइरस ( कोभिड–१९) विरुद्धको खोप सार्वजनिक प्रयोगको लागि अमेरिका र युरोपेली नियामकसँग अनुमति मागेको छ । नियामकले एमआरएनए प्रविधिको प्रयोग गरी बनाइएको यो खोपको डेटाको अध्ययन गरी खोप सुरक्षित रहेको वा नरहेको निक्र्योल गर्नेछन् । त्यसपछि उनीहरुले यसलाई अनुमति दिने वा नदिने भन्ने निर्णय गर्नेछन् ।

    मोडर्नाका अनुसार क्लिनिकल परीक्षणको क्रममा यो खोप कोरोना संक्रमण नियन्त्रणको लागि ९४ प्रतिशतसम्म प्रभावकारी देखिएको छ । अर्को अमेरिकी कम्पनी फाइजरले पनि अमेरिकी नियामकसँग खोपको अनुमतिको लागि आवेदन दिएको छ । फाइजरको खोप पनि क्लिनिकल परीक्षणको क्रममा संक्रमण नियन्त्रणका लागि ९५ प्रतिशत प्रभावकारी देखिएको थियो ।

    बेलायती नियामकले भने फाइजरको क्लिनिकल परीक्षणको डेटाको अध्ययन गरिरहेको छ । त्यसका साथै अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोपलाई पनि आपतकालीन प्रयोगको लागि अनुमति दिने विषयमा छलफल भइरहेको छ । मोडर्नाले बेलायतबाट छिटै नै खोप प्रयोगको लागि अनुमति मिल्ने विश्वास व्यक्त गरेको छ । स्रोत –बीबीसी

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij