Logo

Jun 11 2026 | २०८३, जेठ २८ गते

Jun 11 2026 | २०८३, जेठ २८ गते

चुलु फार ईस्ट हिमालमा फहरायो सशस्त्रको झण्डा

चुलु फार ईस्ट हिमालमा फहरायो सशस्त्रको झण्डा

  • काठमाडौँ । सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना सशस्त्र प्रहरी कर्मचारीहरुले दामोदर हिमश्रृंखला अन्तर्गत पर्ने चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका छन् । असोज २५ गते विहान ७ बजेको समयमा ६ हजार ३८ मिटर अग्लो हिमालको शिखरमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराइएको हो ।

    onlinepatrika
    Arghakhachi

    पर्वतीय उद्धारको क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपालको क्षमता अभिृद्धि हुन्छ भन्ने विश्वासका साथ गरिएको आरोहरणले पर्यटन प्रवद्धनमा कोेशेढुङ्गा समेत सावित हुने तथा पर्वतीय उद्धार तालिम शिक्षालय मनाङमा संचालन भईरहेको पर्वतीय उद्धार तालिमको लागि आवश्यक पर्ने प्रशिक्षकहरुको उत्पादनमा समेत ठुलो भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ ।

    AGNI GROUP

    केही समय अगाडी सशस्त्र प्रहरी बल, नेपालले चुलु फार ईस्ट हिमाल आरोहण गर्न अनुमति खुल्ला गर्ने प्रक्रियामा पहल गरेको थियो। त्यसको फलस्वरुप सशस्त्र प्रहरी बल, नेपाललाई आरोहण गर्ने अवसर मिलेको हो । यसभन्दा अघि चुलु ईस्ट हिमालको अनुमति लिएर चुलु फार ईस्ट हिमालको आरोहण गर्ने प्रचलन  थियो । सशस्त्र प्रहरी बल, नेपालको यस आरोहण पश्चात चुलु फार ईस्ट हिमाल आरोहण गर्ने कानुनी हिसावमा बैधानिकता समेत प्राप्त गरेको छ ।

    सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलसहित ७ जना, निम तेम्वा शेर्पा र सुम्बा छिरी शेर्पाको गाइडलाईन्समा फोर्टिन, पिक्स एक्सपीडिसन मार्फत उक्त हिमाल आरोहण गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट