Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अभिनेता अरबाज र शुरालाई पुत्री लाभ

अभिनेता अरबाज र शुरालाई पुत्री लाभ

  • काठमाडौँ । बलिउड अभिनेता अरबाज खान र उनकी श्रीमती शूरा खान छोरीका मातापिता बनेका छन् । शूराले मुम्बईको पी.डी. हिन्दुजा अस्पतालमा छोरीलाई जन्म दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    ५८ वर्षको उमेरमा अरबाज दोस्रो पटक बुबा बनेका छन् । शूराभन्दा पहिले अरबाजको मलाईका अरोरासँग विवाह भएको थियो । उनीहरूको छोरा अरहानको जन्म २००२ मा भएको थियो । यद्यपि, २०१७ मा आपसी सहमतिमा मलाइकासँग उनले सम्बन्ध विच्छेद गरेका थिए ।

    AGNI GROUP

    केही समय डेट गरेपछि, अरबाज र शूराले डिसेम्बर २४, २०२३ मा एक निजी समारोहमा विवाह गरेका थिए । विवाह अरबाजकी बहिनी अर्पिता खान शर्माको घरमा भएको थियो।

    अरबाज र शुराको पहिलो भेट रवीना टन्डनको फिल्म "पटना शुक्ला" को सेटमा भएको थियो । अरबाज फिल्मका निर्माता थिए भने शुर मुख्य अभिनेत्रीकी मेकअप आर्टिस्ट थिइन्। कामको क्रममा उनीहरूको मित्रता प्रेममा परिणत भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट