Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भारतको दक्षिण भरतका चर्चित अभिनेता विजय देवरकोंडा र रश्मिका मन्डन्नाले इन्गेजमेन्ट गरेका छन् ।
हिन्दुस्तान टाइम्सका अनुसार विजय र रश्मिकाले हालै इन्गेजमेन्ट गरेका छन् र उनीहरुले २०२६ को फेब्रुअरीमा विवाह गर्ने भएका छन् । इन्गेजमेन्टको बारेमा दुवैले अहिलेसम्म जानकारी दिएका भने छैनन् तर दुवैले इन्गेजमेन्ट गरेको विजयको टिमले पुष्टि गरेको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।
विजय र रश्मिका २०१८ देखि रिलेसनसिपमा रहेका छन् । यद्यपी दुवैले सार्बजनिक रुपमा आफुहरुको सम्बन्ध बारेमा अहिलेसम्म बोलेका छैनन् ।
दुवैको २०१८ मा गीथा र गोविन्दम र २०१९ मा डियर कमरेड फिल्म एक साथ गर्दादेखि अफ्यर्स शुरु भएको थियो । यस बीचमा दुवैले एकै स्थानका तस्बीर एकै पटक सार्बजनिक गर्ने गरेपनि आफ्नो सम्बन्धलाई सार्बजनिक रुपमा बताएका छैनन् ।
दक्षिण भारतका सुपरस्टार विजय र रश्मिका पछिल्ला बर्षहरुमा बलिवुडका फिल्ममा व्यस्त रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij