Jun 14 2026 | २०८३, जेठ ३१ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सुमना श्रेष्ठलाई लक्षित गर्दै दिएको अभिव्यक्ति फिर्ता लिएका छन् । हिजो बसेको केन्द्रीय समितिको भर्चुअल बैठकमा उनले गलत अभिव्यक्ति दिएको स्वीकार्दै आत्मालोचना गरेका हुन् ।
त्यस क्रममा ढकालले सुमनालाई लक्षित गर्दै ‘बाघको छालामा स्यालको रजाईं’ उखान हालेका थिए । सभापतिकोविरुद्धमा लाग्नेहरु पार्टी छोडेर गए हुने अभिव्यक्तिसमेत उनले दिए । नभन्दै सुमनाले तीन दिनअघि पार्टी परित्याग गरेपछि केही नेताहरु ढकालप्रति असन्तुष्ट छन् ।
हिजो बसेको केन्द्रीय समिति वैठकमा ढकाल आफैंले यो विषय उप्काएर दुख व्यक्त गरेको स्रोतले बताए । आफूले भावावेशमा आएर बोल्न पुगेको भन्दै उनले क्षमा मागेको पनि स्रोतको भनाइ छ । असन्तुष्ट नेताहरुले यसमा कुनै पनि टिप्पणी गरेनन् भने सिनियर नेताहरुले पनि बोलेनन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij