Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

करण चौधरीको वाचा

'मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ'

'मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ'

  • प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,

    onlinepatrika
    Arghakhachi

    गत केही दिनहरूले हामीलाई एउटा सत्य सिकाएका छन् । जब आवाजहरू एकताबद्ध हुन्छन् । तब त्यो आवाज परिवर्तनको गर्जन बन्छ। त्यो परिवर्तन, जसले हाम्रो पुस्ता मात्र होइन, हाम्रो सन्तानको भविष्य उज्यालो बनाउँछ। हो, केही पीडादायी क्षणहरू भए, जसलाई हामी सबैले चाहेनौँ। तर विगतलाई हामी पछाडि छोडिसक्यौँ। आजको दिन हाम्रो हातमा छ। अहिलेको जिम्मेवारी हाम्रो काँधमा छ।

    AGNI GROUP

    यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पु(याउने अवसर हो। आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने, र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने। हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १००५ दिने हाम्रो दायित्व हो।

    म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउनेछु।

    यो देशले हामीलाई सबैथोक दिएको छ। अब हाम्रो पालो हो। हामी सबै मिलेर नेपाललाई केवल महान् मात्र होइन, विश्वकै अगाडि झन् उज्यालो र गौरवशाली बनाउनेछौँ। यही मेरो आत्माको गहिरो प्रतिज्ञा हो, यही मेरो अमर वाचा हो।

    जय नेपाल

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट