Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी युवाहरुका माग सम्बोधन गरेर मात्र देश अगाडी बढ्न सक्ने बताएका छन् ।
कांग्रेस कार्यकर्तालाई सम्बोधन गर्दै महामन्त्री थापाले जारी गरेको भिडियोमार्फत जेनजी आन्दोलनकारीका माग अनुसार अन्तरिम सरकार बनाउन र यसका लागि आवश्यक वातावरण बनाउन कांग्रेस तयार रहेको बताएका हुन् ।
महामन्त्री थापाले आफुहरुले नयाँ बन्ने प्रधानमन्त्रीलाई संबिधानसँग जोड्न र संबिधानसम्मत बनाउन आवश्यक रहेको बताएका छन् । उनले भनेका छन्- 'अब बन्ने सरकारले नयाँ चुनाव गराउछ, पुनर्निमाणको काम गर्छ, यस आन्दोलनमा भएका तोडफोड र आगजनीको छानबिन गर्ने काम गर्ने छ ।
अब बन्ने सरकारलाई संबिधान सम्मत बनाउन र संबिधानसँग जोड्न आवश्यक छ । हामी संबिधानलाई जोगाएर, संबिधानले बाँधेर, जेनजी साथीहरुले राखेका माग अनुसार नागरिक सरकार बनाउने, २०४६ पछिका सबै को सम्पत्ति छानबिन गर्ने, अख्तियारलगायतका निकायमा अहिले रहेका पदाधिकारीको ठाउमा सहि मान्छे नियुक्त गर्नेयी कुरालाई सम्बोधन गर्ने गरी पहल गरिरहेका छौं र यसको वातावारण बनाइरहेका छौं ।
उनले आज साँझ सम्म सरकार बन्ने कुरा टुंगिन्छ र राजनीति फेरी लयमा फर्किन्छ ।'
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij