Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

अहिलेसम्म गरेका गल्तिका लागि माफी माग्छु- गगन थापा

  • काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेसम्म गरेका गल्तीका लागि माफी माग्दै सुध्रिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार भिडिओ सन्देशमा थापाले स्थितिलाई सम्हाल्नुपर्ने भन्दै आफुले गरेका प्रयासमा सफल हुन नसकेको भन्दै माफी मागेका हुन् । उनले जेनजी युवाहरुलाई संविधानको निरन्तरताका बारेमा ख्याल राख्न आग्रह गर्दै संबिधान भन्दा बाहिर गएर समाधान नखोज्न आग्रह गरेका हुन् ।

    AGNI GROUP

    उनले भनेका छन्- ‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं। तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं । तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ ।

    ’थापाले सामाजिक सञ्जाल बन्द हुना साथ आफुले पार्टीमा, सरकारलाई यसो नगर्न र तुरुन्त सामाजिक सञ्जाल खोल्न आग्रह गरेपनि आफ्नो कुरा कसैले नमानेको बताएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij