Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एकीकृत समाजवादीद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

एकीकृत समाजवादीद्धारा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।

    onlinepatrika
    Arghakhachi

    सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले ‘जेनजी’ पुस्ताका युवाहरूको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहित पारित गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा मागेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

    AGNI GROUP

    ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय सचिवालयको आज २०८२ भाद्र २३ गते बसेको बैठकले ‘जेन जी’ पुस्ताका युवाहरुको आन्दोलनका सन्दर्भमा विशेष प्रस्तावसहितको निर्णय गरेको छ। सामाजिक सन्जाल बन्द गर्ने, बोल्ने र प्रश्न गर्ने अधिकार नियन्त्रण गर्ने सरकारको अभिव्यक्ति स्वतन्त्रता विरोधी गलत निर्णयको निन्दा र विरोध गर्दछौं, यो हद भयो । अहिले नै तत्कालै आन्दोलनकारीका माग सम्बोधन गर सरकार! सामाजिक सन्जाल खुला गर’, ज्वालाले भने,‘यति धेरै जनताको ज्यान लिने प्रधानमन्त्री र गृहमन्त्री अब पदमा बसिरहन मिल्दैन । प्रधानमन्त्री र गृहमन्त्री तुरुन्त राजीनामा देउ !’

    आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जायज मागहरूको समर्थन गरेको उक्त पार्टीले सामाजिक सन्जाल बन्द गरिएपछि युवाहरूमा उत्पन्न असन्तुष्टि र आक्रोश भ्रष्टाचार र कुशासनविरोधी आन्दोलनको रूपमा अघि बढेको कुरा जायज भएको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij