Logo

Sep 08 2025 | २०८२, भदौ २३ गते

Sep 08 2025 | २०८२, भदौ २३ गते

‘जेनजी’ आन्दोलन

बानेश्वर जान लागेको जेनजीको प्रदर्शनलाई रोकियो

बानेश्वर जान लागेको जेनजीको प्रदर्शनलाई रोकियो

  • काठमाडौँ । काठमाडौँको माइतीघर लगायत देशका विभिन्न स्थानमा युवाहरुको प्रदर्शन जारी रहेको छ ।

    images
    images
    images

    भ्रष्टाचार तथा बेथितिविरुद्ध काठमाडौंको माइतीघर मण्डलासहित देशभरि एकैसाथ प्रदर्शन शुरु भएको हो । माइतीघरमा जम्मा भएको युवाहरुको प्रदर्शन अहिले बानेश्वरतर्फ पुगेको छ भने प्रहरीले बेरिकेड लगाएर उनीहरुलाई रोकेको छ ।

    images

    प्रदर्शनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएको छ । त्यस्तै उनीहरुले काठमाडौँ महानगरका मेयर बालेन शाहको पक्षमा नाराबाजी गरेका छन् । राष्ट्रिय झन्डा र प्लेकार्डसहित विद्यार्थीदेखि जेनजी पुस्ताका युवाहरु विस्तारै जुटेर प्रदर्शन गरिरहेका छन् ।

    जेनजी पुस्ताको प्रदर्शनमा उनीहरुले विभिन्न प्लेकार्डमा युवाहरुको माग पुरा गरिनुपर्ने, सुशासन हुनुपर्ने, जनताले तिरेको करको दुरुपयोग रोकिनुपर्ने लगायतका नारा लेखिएका छन् । साथै उनीहरुले प्रहरीलाई तपाइँहरु कसको साथ हुनुहुन्छ, हाम्रो वा भ्रष्ट नेताको भन्ने प्रश्न सोधेको प्लेकार्ड पनि बोकेका छन् ।

    युवाहरुको प्रदर्शन काठमाडौँ बाहिर विराटनगर, पोखरा, बुटवललगायतका विभिन्न शहरमा जारी रहेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij