Logo

Sep 04 2025 | २०८२, भदौ १९ गते

Sep 04 2025 | २०८२, भदौ १९ गते

काठमाडौं प्रहरीको एउटा अनौठो उर्दी : राति अबेर कुकरमा सिट्ठी लगाउन नपाइने

काठमाडौं प्रहरीको एउटा अनौठो उर्दी : राति अबेर कुकरमा सिट्ठी लगाउन नपाइने

  • काठमाडौं । काठमाडौं प्रहरीले एउटा अनौठो उर्दी जारी गर्दै शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न भनेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत यस्तो उर्दी जारी गरेको हो ।

    images
    images
    images

    विभिन्न मानवीय क्रियाकलपाका कारण ध्वनि प्रदुषण उत्पन्न भएर गर्भवती महिला, बाबालिका, वृद्धवृद्धालाई असर गर्ने उक्त कार्यालयले जनाएको छ । ५ वटा मुख्य शीर्षक र अनेकन उपशीर्षकमा कार्यालयले ध्वनी र प्रदुषण नियन्त्रणका लागि विभिन्न सल्लाहहरु दिएको छ ।

    images

    राति अनावश्यक आवज नगर्ने शीर्षकमा कार्यालयले फोन कल गर्दा हेडफोन प्रयोग गर्न, वा म्यासेजमै सम्वाद गर्न सुझाव दिएको छ । अबेरसम्म ठूलो स्वरले गफगाफ गर्न नहुने, भान्सामा भाँडाकुँडाको ठूलो आवाज ननिकाल्ने, राति गेट ढक्ढकाउने र बेल बजाउने काम नगर्ने, अमेरिसम्म म्इुजिक बजाएर नाचगान नगर्ने लगायतका सुझाव छन् ।

    यस्तै, बिहानको शान्ति कायम राखौं शीर्षकमा बिहानको नित्य कर्म गर्दा अनावश्यक खोक्ने र खकार्ने कार्य नगर्न भनिएको छ । गेट खोल्दा आवाज कम गर्ने, मोटरसाइकलमा अन्य सवारी साधन बिहानै स्टार्ट गरेर ठूलो आवाज ननिकाल्ने सुझाव कार्यालयले दिएको छ ।

    यस्तै, राति अबेर शौचालय फ्लस गर्दा ध्वनी कम गर्ने उपाय अपनाउने, राति अबेरि वा बिहान सबेरै प्रेसर कुकुरमा सिटी नलगाउनसमेत भनिएको छ । कार्यालयले ध्वनी प्रदुषण गर्ने व्यक्ति वा संस्थालाई सम्वन्धित निकायले ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने पनि जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij