
Aug 15 2025 | २०८२, साउन ३० गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीले वामदेव गौतमलाई पार्टीको तेस्रो वरियता दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी सचिवालय बैठकले नेता गौतमलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनालपछि वरियता तोकिएको हो ।
वरिष्ठ नेता गौतमलाई अध्यक्ष नेपालले शपथ ग्रहण गराएको पार्टी उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।
बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो सदस्यको जिम्मेवारी र भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमदशेर बागवानलाई केन्द्रीय सदस्यमा बनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij