Logo

Aug 12 2025 | २०८२, साउन २७ गते

Aug 12 2025 | २०८२, साउन २७ गते

फोनवार्ता

मोदी र जेलेन्स्कीबीच फोनवार्ता

मोदी र जेलेन्स्कीबीच फोनवार्ता

  • काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोनवार्ता भएको छ ।

    images
    images
    images

    प्रधानमन्त्री मोदीले कुराकानी बारे जानकारी दिदै द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको बताएका छन् ।

    images

    उनले भनेका छन्- 'राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्न र हालैका घटनाक्रमहरूमा उहाँको विचार सुन्न पाउँदा म खुसी छु । मैले उहाँलाई द्वन्द्वको प्रारम्भिक र शान्तिपूर्ण समाधानको आवश्यकता र यसमा भारतको अडानबारे जानकारी गराएको छु ।

    भारत यस सम्बन्धमा हरेक सम्भव योगदान दिन र युक्रेनसँग द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन प्रतिबद्ध छ ।'अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने कार्यक्रम तय भएको छ ।

    यसै प्रसंगमा मोदी र जेलेन्स्कीबीचको वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij