Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

सक्कली प्रहरीद्वारा ‘क्राइम ब्यूरो’ चलाउने नक्कली प्रहरी पक्राउ

सक्कली प्रहरीद्वारा ‘क्राइम ब्यूरो’ चलाउने नक्कली प्रहरी पक्राउ

  • काठमाडौं । भारतीय प्रहरीले ‘क्राइम इन्भेस्टिगेटिभ ब्युरो’ लेबल गरिएको भाडाको कार्यालयबाट प्रहरीको भेषमा ‘चन्दा’ असुलेको आरोपमा छ जनालाई पक्राउ गरेको छ । ‘प्रहरी जस्तै रङ र लोगो’ ले सजाइएको कार्यालयबाट सञ्चालित ‘अन्तर्राष्ट्रिय प्रहरी र अपराध अनुसन्धान ब्युरो’ नयाँदिल्लीको स्याटेलाइट सहर नोएडामा अवस्थित रहेको प्रहरीले आइतबार राति एक विज्ञप्तिमा बताएको छ ।

    images
    images
    images

    प्रहरीका अनुसार अभियुक्तहरूले नक्कली कागजात र प्रमाणपत्रहरू बनाएका थिए र पीडितहरूबाट ‘चन्दा’ माग्ने वेबसाइट चलाएका थिए । उनीहरूले आफ्नो ‘इन्टरपोल’ र अन्य अन्तर्राष्ट्रिय अपराध एकाइहरूसँग सम्बद्धता रहेको दाबी गरेका थिए । ‘अपराधीहरूले आफूलाई सरकारी कर्मचारीका रूपमा प्रस्तुत गरेका थिए’, प्रहरीले भन्यो ।

    images

    अभियुक्तले अवैध ‘पश्चिम आर्कटिक दूतावास’ सञ्चालन गरिरहेको थियो र ‘पश्चिम आर्कटिका, सबोर्गा, पोल्भिया, लोडोनिया’ लगायत काल्पनिक राष्ट्रहरूको राजदूत भएको दाबी गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij