Logo

Aug 11 2025 | २०८२, साउन २६ गते

Aug 11 2025 | २०८२, साउन २६ गते

राहुल गान्धी प्रहरी हिरासतमा

राहुल गान्धी प्रहरी हिरासतमा

  • काठमाडौं । भारतका विपक्षी दलका नेता तथा भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार गान्धीसहित अन्य सांसदहरूलाई पनि दिल्ली प्रहरीले हिरासतमा लिएको छ ।

    images
    images
    images

    नयाँ दिल्लीका डीसीपी देवेश कुमारले भनेका छन्, ‘चुनाव आयोगले करिब ३० जना सांसदहरूलाई भेटका लागि अनुमति दिएको थियो । तर, धेरै सांसद भएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।’

    images

    बीबीसी हिन्दीका अनुसार प्रदर्शनकारीलाई हिरासतमा लिने र त्यहाँ पत्रकारहरूलाई निषेध गर्ने आदेश दिइएको छ । बीबीसी हिन्दीका पत्रकार आयश येगडेले चुनाव आयोगको गेटबाट पत्रकारलाई टाढा राख्ने आदेश पाएको अधिकारीहरूले बताएको जनाएका छन् ।

    राहुल गान्धीको नेतृत्वमा विपक्षी सांसदहरूले मतदाता सूचीको विषयलाई लिएर संसद् भवनदेखि चुनाव आयोगसम्म र्‍याली निकालेका थिए । त्यस क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हालै गान्धीले मतदाता सूचीमा भएको गडबडी उजागार गरेका थिए । यद्यपि त्यसलाई चुनाव आयोगले भने खारेज गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij