Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

पूर्वराष्ट्रपति भण्डारीद्वारा गाईजात्रा पर्वको शुभकामना

पूर्वराष्ट्रपति भण्डारीद्वारा गाईजात्रा पर्वको शुभकामना

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    गाईजात्रा पर्वका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको छ भनिन् ।

    AGNI GROUP

    पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् , “नेपालीहरूको महत्त्वपूर्ण सांस्कृतिक पर्व, विशेषगरी नेवार समुदायले वर्ष दिनभित्र दिवङ्गत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गाईजात्रा ९साँपारु० पर्वका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    पूर्वराष्ट्रपति भण्डारीले गाईजात्रा पर्वले पितृआशीर्वादसहित आपसी सम्मान, सहिष्णुता र सांस्कृतिक गौरवको भावना अझ प्रगाढ बनाउन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेकी छन् ।

    “पुर्खाप्रति कृतज्ञता प्रकट गर्ने, मृत्युलाई जीवनको शाश्वत सत्यका रूपमा स्वीकार गर्ने, समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई सुदृढ बनाउने तथा हास्यव्यङ्ग्यमार्फत समाजमा विद्यमान विकृति, विसङ्गतिमाथि चोटिलो प्रहार गर्ने यस पर्वले हाम्रो सांस्कृतिक सम्पदा संरक्षणमा महत्त्वपूर्ण भूमिका खेलेको छ”, पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरिन् ।

    प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij