Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

बहुविवाह सम्बन्धी विधेयक संसदमा पेस नै नहुने: अजयकुमार

बहुविवाह सम्बन्धी विधेयक संसदमा पेस नै नहुने: अजयकुमार

  • काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहजस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकूल असर पार्ने विधेयक संसद्मा पेस नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    images

    बुधबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानुनी प्रस्ताव अघि नबढाइने स्पष्ट पारे ।

    images

    ‘समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाहलगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,‘मन्त्री चौरसियाले भने ।

    बैठकमा सांसदहरूले बहुविवाहलाई मान्यता दिने गरी कानुन बन्न लागेको भन्ने समाचारबारे सरकारको धारणा माग गरेका थिए । केही मिडियामा सरकारले बहुविवाहसम्बन्धी कानुनी मस्यौदा तयार पारेको दाबी गर्दै समाचार प्रकाशित भएपछि आलोचना भएको थियो ।

    मन्त्री चौरसियाले विवाह गर्ने उमेरलगायतका केही व्यवस्था हेरफेर गर्न विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइएको जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij