Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाबाट आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    images
    images
    images

    प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद मनिष झा र राप्रपाकी सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । सांसद झाले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । त्यस्तै राप्रपा सांसद कार्कीले संसदमा विरोध जारी रहदा पनि सभामुखले संसद चलाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

    images

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij